काठमाडौँ । गृह मन्त्रालयले प्रहरीका तीनजना डीआईजीको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकले डीआइजीहरूलाई सरुवा गर्ने निर्णय गरेका हुन् ।
गृह मन्त्रालयको निर्णय अनुसार मधेस प्रदेश प्रहरी कार्यालयमा लालमणि आचार्यलाई पठाइएको छ ।
त्यस्तै, डीआईजी यज्ञ विनोद पोखरेललाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ । उनी मधेस प्रदेशमा कार्यरत थिए ।
डीआईजी राजेशनाथ बास्तोला भरतपुरस्थित जुनियर प्रहरी शिक्षालयमा सरुवा भएका छन् ।