काठमाडौँ । झापाको अर्जुनधारा ९ मा पूजाको प्रसाद खाँदा ६० भन्दा बढी बिरामी परेका छन् ।
अर्जुनधारा नगरपालिका– ९ को खरबन्दी की रिता निरौलाको घरमा बुधबार पूजा लगाइएको थियो । सोही पूजाको प्रसाद खाँदा उनको घरमा आएका पाहुना र टोलवासी बिरामी भएका हुन् ।
पूजामा गएकाहरूले सब्जी र रोटी अचार खाएका थिए ।
सब्जी अजार र रोटी खानेहरू अधिकांशलाई डायरिया र बान्ता भएको छ । केहीलाई ज्वरो समेत आएको छ ।