काठमाडौं । प्राविधिक जाँचका लागि इटाली पठाइएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए ३३० नाइन एन–ए.एल.वाई जहाज आज काठमाडौंमा अवतरण गरेको छ ।
निगमका अनुसार वाइडबडी जहाज आज बिहान काठमाडौं अवतरण गरेको हो । उक्त जहाँज गत २२ जुनमा प्राविधिक जाँचका लागि इटाली पठाइएको थियो ।
निगमसँग अब दुई न्यारोबडी र एक वाइडबडी गरी तीनवटा जहाज उडानयोग्य व्यवस्थामा आएका छन् ।
यो जहाज उडानमा आएसँगै जापान उडानलाई पुनः निरन्तरता दिने निगमका अधिकारीहरुले बताएका छन् । अगस्ट २९ देखि जहाज अभावमा जापान उडान निरन्तर हुन सकेको छैन ।
निगमको अर्को वाइडबडी जहाज के.एल.वाई सीचेकका लागि इटालीमै छ । सो जहाज एक महिना पछि काठमाडौं आउने तालिका रहेको निगमले जनाएको छ ।