मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

प्रधानमन्त्री ओलीले अमेरिका जानुअघि संसद्‌मा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले अमेरिका जानुअघि संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका जानुअघि संसदमा सम्बोधन गर्ने भएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न लागेका हुन् ।

प्रमुख सचेतक महेश बर्तौलाका अनुसार सम्बोधनमा ओलीले राष्ट्रसंघमा उठाउने विषय र समसामयीक राजनीतिका बारेमा उल्लेख गर्ने छन् । भदौ ३१ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री असोज ४ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीको टोलीमा परराष्ट्रमन्त्री आरजु देउवा राणा, पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायत सहभागी हुनेछन् ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend