बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

ललितपुरको कल सेन्टरमा सीआईबीको छापा, ५० जना पक्राउ

ललितपुरको कल सेन्टरमा सीआईबीको छापा, ५० जना पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको जाउलाखेलमा छापा मारेर ५० जनालाई पक्राउ गरेको छ । ललितपुरमा चिनियाँ र फिलिपिन्सका नागरिकले सञ्चालन गरेको कलसेन्टरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छापा मारेको हो ।

अवैध रुपमा कल सेन्टर चलाउनुका साथै अनलाइन जुवा खेलाएको र क्रिप्टो कारोबार गरेको सूचनाका आधारमा प्रहरीले एक घरमा बुधबार राति छापा मारेको थियो ।

प्रहरीले कल सेन्टर सञ्चालक र त्यहाँ कार्यरत ५० जनालाई नियन्त्रणमा लिएको छ ।

कल सेन्टर दुई जना चिनियाँ र एक जना फिलिपिन्सका नागरिकले सञ्चालन गरेका थिए । सञ्चालक तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यसबारे अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend