बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

गृहसचिव दुवाडीलाई सशस्त्र प्रहरी प्रधान कार्यालयमा आईजीपी अर्यालले गरे स्वागत

गृहसचिव दुवाडीलाई सशस्त्र प्रहरी प्रधान कार्यालयमा आईजीपी अर्यालले गरे स्वागत

काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीले सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् ।

बिहीबार हलचोक, स्वयम्भूस्थित प्रधान कार्यालयको गृहसचिव दुवाडीले निरीक्षण भ्रमण गरेका हुन् । सशस्त्र प्रहरी बल नेपालका आईजीपी राजु अर्यालले गृहसचिव दुवाडीलाई स्वागत गर्नुका साथै संगठनको कामकारबाहीका विषयमा जानकारी गराएको प्रेस नोटमा उल्लेख छ ।

दुवाडीले सीमा सुरक्षा, विपद् उद्धार र सशस्त्र प्रहरी बल, नेपालद्धारा देशको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा भए गरेका काम कारवाही र संगठनको समस्या तथा चुनौतीहरूका बारेमा समेत जानकारी लिएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend