logo

२०८१ पुष १४ आइतबार

logo
  • आइतबार, १४ पुष २०८१
  • राष्ट्रपतिको सक्रियता बढ्नु लोकतन्त्रका लागि दुखद- शेखर कोइराला

    राष्ट्रपतिको सक्रियता बढ्नु लोकतन्त्रका लागि दुखद- शेखर कोइराला

    2.1K
    Shares

    साउन ५ काठमाडौ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले राष्ट्रपतिका पछिल्ला सक्रियताप्रति प्रश्न उठाएका छन्।राष्ट्रपति राजनीतिक व्यक्ति नभएको कोइरालाको भनाइ छ।सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र देखिएका विवाद र नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेता पटकपटक छलफलका लागि राष्ट्रपति निवास शिलतनिवास आउजाउ गरेपछि कोइरालाले राष्ट्रपति राजनीतिक नभई सम्मानित र साझा संस्था भएको उल्लेख गरेका हुन्।

    सोमबार ट्वीट गर्दै कोइरालाले राष्ट्रपतिले संविधानको मर्यादा र संस्थाको गरिमा ख्याल गर्नुपर्ने बताएका हुन्।‘राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्छ,’ कोइरालाले भनेका छन्, ‘पछिल्ला दिनमा नेकपाभित्रको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रका लागि अत्यन्तै दु:खद हो।’कोइरालाले राष्ट्रपति सम्मानित र सर्वोच्च निकाय रहेको उल्लेख गर्दै थपेका छन्- राष्ट्रपति सामान्य र राजनीतिक व्यक्ति होइन। साझा, सम्मानित र सर्वोच्च निकाय हो।

     

     

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend