logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • प्रधानमन्त्रीसँग खेलकुदमन्त्रीको आग्रह : आगामी आवमा खेलकुद मन्त्रालयको बजेट बढाइदिनुस्

    प्रधानमन्त्रीसँग खेलकुदमन्त्रीको आग्रह : आगामी आवमा खेलकुद मन्त्रालयको बजेट बढाइदिनुस्

    357
    Shares
    प्रधानमन्त्रीसँग खेलकुदमन्त्रीको आग्रह : आगामी आवमा खेलकुद मन्त्रालयको बजेट बढाइदिनुस्

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयको बजेट आगामी आर्थिक वर्षमा बढाइदिन आग्रह गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पाराओलम्पिक कास्य पदक विजेता खेलाडी पलेशा गोवद्र्धनलाई सम्मान प्रदान गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले २१ वटा मन्त्रालयमा सबैभन्दा कम बजेट खेलकुद मन्त्रालयाई छुट्याइएको भन्दै आगामी आर्थिक वर्षमा थोरैमा १ प्रतिशत बजेट छुट्याइदिन आग्रह गरे । उनले पाराओलम्पिकमा कास्य पदक प्राप्त गरेको भएपनि जोगाइरहने चुनौति नेपालसँग रहेको बताए ।

    उनले भने, ‘अहिले हामीसँग ठूलो चुनौतिको रुपमा छ । यो पाराओलम्पिकमा हामी काँस्य पदक प्राप्त गर्न सफल त भयौँ । तर कहिलेसम्म हामी यो कायम राख्न सक्छौँ की सक्दैनौँ ? नेपाल सरकारले खेलकुदमा सबैभन्दा कम बजेट २१ वटा मन्त्रालय भन्दा सबैभन्दा कम रहेको छ । आगामी वर्षको बजेटमा कम्तिमा १ प्रतिशत बजेट विनियोजन गरिदिन आग्रह गर्दछु ।’

    सम्मान ग्रहण गर्दै खेलाडी गोवद्र्धनले सम्मानित हुन पाउँदा धेरै खुशी भएको भन्दै सबैको साथ र सहयोगले मेडल प्राप्त गर्न सफल भएको बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend