logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • चक्रपथ विस्तार समयमै शुरु नहुँदा सास्ती (फोटो फिचर)

    चक्रपथ विस्तार समयमै शुरु नहुँदा सास्ती (फोटो फिचर)

    392
    Shares
    चक्रपथ विस्तार समयमै शुरु नहुँदा सास्ती (फोटो फिचर)

    काठमाडौँ । चक्रपथअन्तर्गत कलंकी—वसुन्धरासम्मको सडक विस्तार शुरु गर्ने भनिएको लामो समय भइसक्यो । पूर्व तयारीका लागि सडकमा पर्ने रुख कटानदेखि अन्य केही काम शुरु भएपनि सडक विस्तारको काम शुरु हुन सकेको थिएन ।

    यही भदौ ६ गते नेपाल र चीन सरकारका प्रतिनिधिहरुबीच सडक विस्तारमा सहयोग गर्ने सम्बन्धी पत्रमा हस्तक्षर भएपछि दोस्रो खण्डको निर्माण प्रक्रिया शुरु भएको छ । ८.२ किलोमिटरको दोस्रो खण्ड विस्तारको काम २०७५ सालमै शुरु हुनुपर्ने थियो । तर नेपाल सरकार स्वयं र चीन सरकारले ढिलाइ गर्दा कामले गति लिन सकेको थिएन ।

    २०६९ सालमा कोटेश्वर कलंकी पहिलो खण्डको काम शुरु भइ २०७५ सालमै सकिएको थियो । पहिलो विस्तारको काम सकिए लगत्तै दोस्रो खण्डको सडक विस्तार शुरु हुनुपर्ने थियो । तर विभिन्न कारणवश शुरु हुन सकेको थिएन । जबकि चीनसँग सन् २०१८ मा यो सडक खण्ड विस्तारका लागि जिटुजी सम्झौता भएको थियो ।

    चीन सरकारले पूर्वतयारीका काम नटुंग्याई आफूहरू नआउने अडान लिँदै आएको थियो । यसैबीच कोरोना महामारी लगायतका कारण काम अघि बढेको थिएन । पूर्वतयारीस्वरुप नेपालले २०७५ मै रुख कटान लगायतका केही काम अघि बढाएको थियो । तर त्यसपछि दुई देशबीच सहमति बन्न नसक्दा आम नागरिकले भने दुःख र सास्ती व्यहोर्नुपर्यो । र अहिले पनि जारी छ ।

    सडक विस्तारको रुपमा अघि बढाइएको कामले गति लिन नसक्दा धुवाँ, धुलो, हिलो र खाल्डाखुल्डीहरु अहिले पनि प्रशस्त देखिन्छन् । बालुवा, गिटी, थुपारिएको अव्यवस्थित स्वरुप पनि देखिन्छ । जसकारण सो क्षेत्रको व्यापार व्यवसायमात्रै चौपट्ट बनेको छैन, व्यवसाय नै छोड्नुपरेको गुनासो व्यवसायीहरुको छ ।

    यसबीचमा स्थानीय नागरिक र सम्बन्धित जनप्रतिनिधिहरुले सडक विस्तारको कामलाई तिब्रता दिन आन्दोलनसमेत गरेका थिए । आजको फोटो फिचरमा अलपत्र र अव्यवस्थित सडक कलंकी—वसुन्धरा : 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend