logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • राष्ट्रिय खेलकुदका लागि दशैँअघि नै भौतिक पूर्वाधारको काम सकिन्छ : मन्त्री चौधरी

    राष्ट्रिय खेलकुदका लागि दशैँअघि नै भौतिक पूर्वाधारको काम सकिन्छ : मन्त्री चौधरी

    371
    Shares
    राष्ट्रिय खेलकुदका लागि दशैँअघि नै भौतिक पूर्वाधारको काम सकिन्छ : मन्त्री चौधरी

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका लागि भौतिक पूर्वाधार निर्माण दशैँअघिसम्म सकिसक्ने बताएका छन् । शनिबार काठमाडौंमा एक कार्यक्रमबीच उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

    उनले दशौँ राष्ट्रिय खेलकुद सुसम्पन्न गर्न उत्साहका साथ सरकारले ६० करोड रुपैयाँ बजेट छुट्याएको बताए । उनले अबको केही दिनदेखि नै दशौं राष्ट्रिय खेलकुदको गतिविधि व्यापक रुपमा शुरुवात हुने दाबी गरे । उनले सबैभन्दा ठूलो चुनौतिको रुपमा ६ हजार खेलाडीहरुको लागि बस्ने र खाने होटलको व्यवस्थापन रहेको बताए । उनले उक्त व्यवस्थापन केही जटिल देखिए पनि सरकारले गम्भीरताका साथ काम गरिरहेको बताए । उनले दशैँअघि नै युवा नीति घोषणा गर्ने बताए ।

    उनले भने, ‘अहिले संघीय मन्त्रालयको राष्ट्रिय खेलकुद परिषद्को त्यही उत्साह र उमंगसहित नेपाल सरकारको ६० करोड रुपैयाँ बजेट छुट्याएका छौँ । त्यो बजेट छुट्याइसकेपछि अहिले त्यो बजेटको सिलसिलामा दुई, तीन पटक मन्त्रालयमा छलफल भइसकेको छ । अब एक दुई दिनपछि अलि बढी मार्जिनसहित अर्थ मन्त्रालयमा गउपछि दशौं राष्ट्रिय खेलकुदको गतिविधि व्यापक रुपमा शुरुवात हुन्छ ।

    अब भौतिक पूर्वाधारको अवस्था मेरो जानकारीअनुसार दशैँअघिसम्म सिद्धिन्छ । मलाई पूर्ण विश्वास छ, कर्णालीको । सबैभन्दा ठूलो चुनौतिको रुपमा दुई वटा कुरा छ । जब ६ हजार खेलाडी त्यो ठाउँमा जान्छ, सुर्खेतमा । त्यो ठाउँमा जाँदा बसोवासको अवस्था कमजोर देखिन्छ । आर्मी, पुलिस र सशस्त्रको पनि आफ्नो बस्ने अवस्था कमजोर देखिन्छ । त्यो व्यवस्थापनका लागि अहिले हामीले शुरुवात गरेका छौँ ।

    खेल्ने खेलाडीलाई खाने, सुत्ने व्यवस्थापनमा लागेका छौँ । हामीसँग अहिले ठूलो अफ्ठ्रोको रुपमा युवाहरु विदेश पलायन भइरहेको छ । यही महिनाभित्र हाम्रो युवा नीति घोषणा गर्ने सोच थियो तर विभिन्न पार्टीका नेताहरुको छलफल हुन बाँकी रहेकाले हुन सकेन । अहिले मन्त्रालयमा विभिन्न कुराहरु अघि बढाइरहेका छौ । दशैँअघि नै युवा नीति घोषणा गर्नेछौँ । युवा नीति घोषणापछि युवाहरुलाई धेरै सहजता हुनेछ ।’

    मन्त्री चौधरीले अहिले सरकारलाई खेलाडीलाई रोजगारी, स्वास्थ्य, शिक्षाको ग्यारेन्टी गर्नुपर्ने चुनौति रहेको बताए । उनले त्यसका लागि मन्त्रालयले पहल अघि बढाइरहेको बताए । उनले युवाहरु विदेश पलायन हुनु पनि अहिलेको मुख्य समस्या रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend