
काठमाडौं । ललितपुरको कुपण्डोलमा सडक भासिएको छ । शनिबार दिउँसो काठमाडौंको कुपण्डोलमा सडक फुटेर पानी बगेको छ ।
कुपण्डोलबाट पुल्चोतर्फ जाँदा होटल हिमालय अगाडिको सडक फुटेर पानी निस्केको छ । के कारणले सडक भासिएको भन्ने खुलेको छैन । सडकमा बगेको पानीले यातायातसमेत प्रभावित भएको छ ।
वर्षा नभएको बेला सडक भासिनुले उक्त पानी ढल फुटेर हो वा मेलम्ची आयोजनाको पाइप फुटेर सडकमा निस्केको अनुमान छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend