logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • सुवासचन्द्र नेम्वाङ मुटकोर्टको उपाधि नेपाल ल क्याम्पसलाई

    सुवासचन्द्र नेम्वाङ मुटकोर्टको उपाधि नेपाल ल क्याम्पसलाई

    658
    Shares
    सुवासचन्द्र नेम्वाङ मुटकोर्टको उपाधि नेपाल ल क्याम्पसलाई

    ललितपुर । अनेरास्ववियु केन्द्रीय कानून तथा संघीय मामिला विभागद्वारा आयोजित सुवासचन्द्र नेम्वाङ स्मृति राष्ट्रीय अभ्यास अदालत कार्यक्रम सम्पन्न भएको छ । भाद्र २६ गतेदेखि ललितपुरको केएमसि कलेजमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि नेपाल ल क्याम्पसले प्राप्त गरेको छ ।

    कार्यक्रमको उपविजेता र उत्कृष्ट बहसनोटको उपाधि ब्राइट भिजन कलेज बिराटनगरले प्राप्त गरको छ । बिजेतालाई क्रमश प्रथमलाई पचास हजार रुपैयाँ र द्वितीयलाई पच्चिस हजार रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन्।

    पुरस्कार वितरण तथा समापन कार्यक्रममा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, नेकपा एमाले केन्द्रीय सदस्य रचना खड्का, पिपिएलए अध्यक्ष भोजराज आचार्यलगायत अतिथीहरुको उपस्थिति रहेको थियो ।

    No description available.

    बिजेताहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले पुरस्कार वितरण गरेको अनेरास्ववियु कानून विभाग प्रमूख गोपाल नेपालले बताए । पुरस्कार समारोहमा बोल्दै मन्त्री गुरुङले विद्यार्थीले आफ्नो अध्ययनको दायरा फराकिलो बनाउँदै कानूनि तथा न्याय क्षेत्रको दक्ष जनशक्तिको रुपमा स्थापित हुँदै न्यायिक क्षेत्रको उच्च तहमा पुग्न शुभकामना दिए ।

    शक्ति सन्तुलन तथा पृथकिकरणको सिद्धान्त बमोजिम बेला-बेला न्यायपालिकाको निर्णयले कार्यपालिकालाई र विकास निर्माणको कार्यलाई अप्ठ्यारो परेको भन्दै यसमा सबै सजग हुनुपर्ने उनले बताए ।

    No description available.


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend