बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

अर्जुन सुबेदीको तीज कोशेली चुलबुले बैंश बजारमा (भिडियो)

अर्जुन सुबेदीको तीज कोशेली चुलबुले बैंश बजारमा (भिडियो)

१० साउन, काठमाडौं देशको स्थिति पारिवारिक बाध्यताले विदेश नपसेको कुन चाही नेपाली होला र शरीर विदेश भएपनि माया नेपालीको मन भरि बोकेर नेपालका चाडपर्ब मेलापर्ब उकाली ओराली नसम्झने कुन चाँही नेपाली होला र प्रदेशमा । नेपालका हरेक कुरा प्रत्येक पलपलमा सम्झनामा आँउदा,नजिकिएका चाडपर्बले ढपक्कै ढाक्दा प्रदेशमै रहेरपनि झल्को मेट्नुको बाध्यता बाहेक के छ र प्रदेशीसंग ।

यस्तै बाध्यता र बिबशताले प्रदेशी बनेर नेपाल देखि जापान पुगेका बाग्लुङ्गका युबा सर्जक अर्जुन सुबेदीले ”चुलबुले बैंश” बोलको नयाँ तिज गित बजारमा लिएर आएका छन् । प्रदेशमा रहेर नेपाली लोकसंगीतलाई माया गर्ने सुबेदीले गाँउघरकै शैलीका शब्द संगीतलाई टपक्क टिपेर गित मार्फत प्रस्तुत गरेका छन् ।पछिल्लो समय भित्रिएका छाडा पश्चिमेली नग्न शैलीका गित भन्दा भिन्न रहेको यो गितका हेरेक शब्द संगीतले नेपालको कला सस्कृतिको संरक्षण र जगेर्ना गर्न एक कदम सहयोग पुग्ने सर्जक अर्जुन सुबेदीको अपेक्षा छ ।शब्द संगीतको अथाह स्रोत भएका सर्जक अर्जुन सुबेदीको यसै बर्ष ढुंगे छपनी, पुराई देउ धोको तिजमा , गुलेली बन्दुक लगाएत आधा दर्जन गितसंगीत बजार मा आएका छन् ।

शिवा केसी र प्रकाश कंडेलको सुमधुर स्वरमा सजिएको गितमा लय सुरज पुन,सगीत संयोजन जुजु गुरुङ रहेको छ भने म्युजिक भिडियोको निर्देशन चर्चित कलाकार शंकर बिसीले गरेका छन् भने अभिनय हाँस्य कलाकार अनिता बस्नेत (मास्टरनी), महेन्द्र गौतम र रबिन भण्डारीको रहेको छ। केशब पौडेलको आधिकारिक युटुब च्यानल मार्फत बजारमा आएको यो गितको छायांकन दुर्गा पौडेलले गरेका हुन् ।

भिडियो

https://youtu.be/7nL75hD9VFk

 

 

 

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend