काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देउडा सांस्कृतिक उत्सव-२०८१ को शुभारम्भ गरेका छन् । शनिबार काठमाडौंमा राष्ट्रपति पौडेलले देउडा सांस्कृतिक उत्सव-२०८१ (दोस्रो संस्करण) उद्घाटन गरेका हुन् ।
सो अवसरमा राष्ट्रपति पौडेलले स्रस्टाहरुलाई अभिनन्दनसमेत गरे । अभिनेता विराज भट्ट लगायतका कलाकारहरु सम्मानित भएका छन् ।
सो अवसरमा राष्ट्रपति पौडेलले काली-कर्णाली क्षेत्रको मौलिक गीत, संगीत, पर्यटन, कला र संसकृतिको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गरी सांस्कृतिक क्षेत्रलाई समृद्ध बनाउन देउडा सांस्कृतिक उत्सवले महत्वपूर्ण योगदान दिने बताए ।
सांस्कृतिक समाज नेपालद्वारा आयोजित कार्यक्रममा अभिनेता विराज भट्टसहित दर्जन कलाकारहरु सम्मानित भएका छन् ।