logo

२०८१ असोज २ बुधबार

logo
  • बुधबार, २ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    एन्फा महिला लिगमा संकटा र कोशीको बराबरी

    एन्फा महिला लिगमा संकटा र कोशीको बराबरी

    595
    Shares
    एन्फा महिला लिगमा संकटा र कोशीको बराबरी

    काठमाडौं । संकटा फुटबल क्लव र कोशी प्रदेशले एन्फा महिला फुटबल लिगमा शनिबार गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यससँगै शनिबारका दुवै खेलमा बराबरीकै नतिजा निक्लिएको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पहिलो खेलमा पनि नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी क्लवले १–१ गोलको बराबरीको नतिजा सामना गरेका थिए । कोसीले शनिबार संकटासँग अंक बाँडेसँगै लिगको अंकतालिकामा दोस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ ।

    दुवै तर्फबाट राम्रा अवसर सिर्जना भएपनि गोल भने हुन सकेन । संकटा र कोबीले गोल गर्ने सुन्दर अवसर खेर फाल्दा अंक बाँड्नु परेको हो । यो खेलमा संकटाकी मनिषा थापामगर प्लेयर अफ दी म्याच घोषित भइन् ।

    पाँच खेलबाट संकटा १० अंकसहित तेस्रो स्थानमा यथावत छ । एक खेल कम खेलेको एपिएफको समान १० अंक नै भएपनि दोस्रो स्थानमा छ । संकटाविरुद्धको जितले कोशीले वरीयतामा सुधार गर्ने थियो । तर कोशीले सफलता पाउन सकेन ।

    यता संकटा समान खेलबाट पाँच अंकसहित सातौं स्थानमायथावत छ । शनिबार नै सम्पन्न विभागीय डर्बीमा नेपाल पुलिस र त्रिभुवन आर्मीले १–१ गोलको बराबरी नतिजा सामना गर्यो । पुलिसकी अमृता जैसी र आर्मीकी अमिशा कार्कीले गोल गरे । दशरथ रंगशालामा भएको खेलमा पुलिसले अग्रता जोगाउन नसक्दा अंक बाँड्नुपरेको हो ।

    खेलको पहिलो हाफ गोलरहित बराबरीमै सकियो । तर, दोस्रो हाफको शुरुवातमै पुलिसले अग्रता लियो । ४८ औं मिनेटमा अमृताको फ्रिकिक गोलबाट पुलिसले अग्रता लिएको थियो । आर्मीकी दीपा राईले अनुष्का शेर्पालाई लडाएपछि पुलिसले फ्रिकिक अवसर पायो ।

    करिब २३ यार्डबाट पुलिसकी कप्तान अमृताले गरेको टप कर्नर प्रहार आर्मीकी गोलकिपर अन्जना रानामगरले समाए पनि फुत्काइन् । तर आर्मी काउन्टर अट्याकबाट खेलमा फर्कियो । पुलिसकले गरेको कर्नर प्रहारमा हेडर क्लियर गर्दै आर्मीले काउन्टर मुभ बनाउँदै सफलता पनि पायो ।

    दीपा शाहीले बनाएको काउन्टर प्रयासमा यो गोल भएको हो । दीपाले दिएको उत्कष्ट पास नियन्त्रणमा लिँदै अमिशाले ६३ औं मिनेटमा २० यार्ड टाढाबाट लोभलाग्दो गोल गरेकी हुन् । पुलिसकी गोलकिपर उषा नाथअगाडि बढेको अवस्थामा अमिशाले बक्स बाहिरबाटै चिप गर्दै बललाई जाली चुमाएकी हुन् ।

    यससँगै पुलिसकी उषाले यस लिगमा पहिलो गोल पनि सामना गरिन् । यसपछिको बाँकी समयमा दुवै तर्फबाट गोल हुन सकेन र खेल बराबरीमै सकियो । यो नतिजासँगै पाँच खेलबाट ११ अंक जोडेको पुलिस शिर्ष स्थानमा छ । समान खेलबाट आर्मी १० अंकका साथ दोस्रो स्थानमा उक्लियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend