सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

स्वदेशमा नै मनग्य आम्दानी गर्नसक्ने वातावरण छ, विदेश जानुपर्ने बाध्यता छैन : प्रवक्ता डा महत

स्वदेशमा नै मनग्य आम्दानी गर्नसक्ने वातावरण छ, विदेश जानुपर्ने बाध्यता छैन : प्रवक्ता डा महत

????????????????? ??????????? ???? ?????????????? ?????? ???????? ?????????? ??????? ????????? ??????? ?????? ?????????? ??????????? ?? ????????? ??? ? ??????: ???? ?????? / ????

त्रिशूली (नुवाकोट) । पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सुरक्षित भविष्यको खोजीमा विदेश जानुपर्ने बाध्यता नरहेको बताएका छन् ।

नुवाकोटको अमरज्योति (प्राविधिक) माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा उनले गुणस्तरीय शिक्षा र कृषिउपजको उत्पादन एवम् बिक्री गरेर स्वदेशमा नै मनग्य आम्दानी गर्नसक्ने वातावरण रहेको दाबी गरे ।

“कृषिखेती, पशुपक्षीपालनलगायत पेसा तथा व्यवसायमा आधुनिकीकरण र व्यावसायिकीकरणले ठूलो परिवर्तन हुँदै आएको छ,” उनले भने, “उत्पादित सामग्री बजारसम्म पुर्याउन गाउँघरमा व्यवस्थित सडक संरचनाको निर्माणले बजारीकरणको समस्या समाधान हुँदै आएको छ ।”

पछिल्ला वर्षमा युवा वर्ग उच्च शिक्षा अध्ययन र सुरक्षित भविष्यको खोजीका नाममा ठूलो रकम लगानी गरेर विदेश जाने लहर बढेको भन्दै पूर्वमन्त्री डा महतले नेपालमै ‘सुन फलाउन’ सकिने अवसर नगुमाउन आग्रह गरे ।

युवा अवस्थाको जोस, लगानी र विदेशी भूमिमा जस्तै देशमै मिहेनतले गरेमा राम्रो आर्थिक उपार्जन गर्न सकिने उनको धारणा थियो ।

“कृषि उब्जनीले बजार पाउन समस्या छैन । सरकारी अनुदान र सहयोगका कार्यक्रमहरु पनि क्रमशः वृद्धि हुँदै गएका छन् । गाउँगाउँमा सडक स्तरोन्नति हुँदैछन् । काठमाडौँलाई जोड्न सुरुङमार्ग विस्तारको काम भइरहेको छ । गाउँ, जिल्ला हँुदै देशमा क्रमशः विकासको गतिविधि बढ्दै गएको छ । काठमाडौँबाट नजिकको जिल्ला भएकाले यहीबाट विदेश जाने होइन अब स्वदेश फर्कनुपर्छ भन्ने लहर चलाउन लाग्नुपर्छ”, डा महतले भने ।

विदेशी मुद्राका लागि विदेश जाने नभइ विदेशी पर्यटकलाई नेपाल भित्र्याएर आर्थिक उपार्जन र देश विकासको जिम्मेवारी युवा पुस्ताले लिनुपर्ने उनको भनाइ छ ।

त्यसका लागि सुरक्षा व्यवस्था र आउजाउ सहज बनाउन सरकारले सडक, अन्य भौतिक संरचना निर्माण तथा स्तरोन्नति गर्दै आएकाले युवाको भविष्य स्वदेशमा नै सुरक्षित रहेकामा आफू विश्वस्त रहेको पूर्वमन्त्री डा महतको स्पष्टोक्ति थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend