logo

२०८१ असोज २ बुधबार

logo
  • बुधबार, २ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    काहुँडाँडा धरहरा खानेपानी आयोजनामा देखिएका प्राविधिक समस्याहरूलाई सम्बोधन गर्न मन्त्रालयले आवश्यक पहल गरिसकेको छ : मन्त्री यादव

    काहुँडाँडा धरहरा खानेपानी आयोजनामा देखिएका प्राविधिक समस्याहरूलाई सम्बोधन गर्न मन्त्रालयले आवश्यक पहल गरिसकेको छ : मन्त्री यादव

    350
    Shares
    काहुँडाँडा धरहरा खानेपानी आयोजनामा देखिएका प्राविधिक समस्याहरूलाई सम्बोधन गर्न मन्त्रालयले आवश्यक पहल गरिसकेको छ : मन्त्री यादव

    पोखरा । खानेपानी मन्त्री प्रदीप यादवले उपभोक्ताहरूले सामना गरिरहेका समस्याको समाधानका लागि सरकार तत्पर रहेको बताउनुभएको छ ।

    आज पोखरा महानगरपालिका–११ स्थित काहुँडाँडा धरहरा खानेपानी आयोजना अवलोकनपछि स्थानीयहरूसँग छलफल गर्दै उहाँले सरकारले गुणस्तरीय र भरपर्दो सेवा दिन प्रतिबद्धता जनाउँदै ढिलासुस्तीको अन्त्य गर्न ठोस कदम चाल्ने जानकारी गराउनुभयो ।

    यसैगरी मन्त्री यादवले आयोजनामा देखिएका प्राविधिक समस्याहरूलाई सम्बोधन गर्न मन्त्रालयले आवश्यक पहल गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “काहुँडाँडा धरहरा आयोजनामा केही प्राविधिक चुनौतीहरू देखिएका छन्, त्यसको समाधानका लागि अर्थ मन्त्रालयसँग सहकार्य भइरहेको छ । सरकारले ढिलासुस्ती हुन नदिन हरेक सम्भव प्रयास गर्नेछ ।”

    मन्त्री यादवले आयोजनाको शीघ्र सम्पन्नताले काहुँडाँडाका बासिन्दाहरूलाई स्वच्छ र भरपर्दो खानेपानी उपलब्ध गराउने उल्लेख गर्नु हुँर्दै मन्त्रालयले आयोजनालाई तीव्र गतिमा सम्पन्न गराउन हरेक कदम चाल्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।त्यसै गरी, मन्त्री यादवले पोखरा महानगरपालिका–३० स्थित लेखनाथ खानेपानी उपभोक्ता संस्थाका पदाधिकारीहरूसँग छलफल गर्दै बिजुली दर छुटको विषयमा प्रधानमन्त्रीसँग छलफल गरेर समाधान निकाल्ने प्रतिबद्धता जनाउनुभयो ।

    कामको जिम्मा पाएका ठेकेदारहरूको ढिलासुस्तीप्रति आफु गम्भीर रहेको बताउनु हुँदै उहाँले सार्वजनिक खरिद प्रक्रियामा रहेका कमजोरीहरूलाई सुधार गर्न सरोकारवाला निकायहरूसँग निकट भविष्यमै छलफल गर्ने बताउनुभयो ।यसअघि, मन्त्री यादवले जापान सरकारको सहयोगमा निर्माणाधीन पोखरा खानेपानी सुधार आयोजनाको निरीक्षण गर्नुभएको थियो ।

    निरीक्षणका क्रममा उहाँले आयोजनाको प्रगति, चुनौतीहरू र आगामी योजनाहरूको जानकारी लिँदै ओभरहेड ट्याङ्की निर्माणमा देखिएका अवरोध हटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग समन्वय भइरहेको जानकारी गराउनुभयो ।

    आजै मन्त्री यादवले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसँग भएको छलफलमा पोखरा खानेपानी आयोजना सम्पन्नमा अवरोध बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा पनि आफू गम्भीर रहेको बताउनुहुँदै मन्त्री यादवले आवश्यक समन्वयका उपायहरूको खोजी गरिरहेको बताउनुभयो ।

    मन्त्री यादवले दुबै आयोजनालाई देशको प्रतिष्ठासँग जोडिएको उल्लेख गर्नु हुँर्दै कुनै अवरोध बिना ती आयोजनाहरूलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

    उक्त आयोजनाको अनुगमनमा खानेपानी मन्त्रालयका सचिव ई. प्रमीलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, नेपाल खानेपानी संस्थानका अध्यक्ष गुनाखर भुसाललगायत विभिन्न अधिकारीहरूको सहभागिता रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend