logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • साना डिजिटल कारोबार नि:शुल्क बनाउन प्रधानमन्त्री ओलीले थाले पहल

    साना डिजिटल कारोबार नि:शुल्क बनाउन प्रधानमन्त्री ओलीले थाले पहल

    861
    Shares
    साना डिजिटल कारोबार नि:शुल्क बनाउन प्रधानमन्त्री ओलीले थाले पहल

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा लाग्ने शुल्क हटाउने सम्बन्धमा छलफल भैरहेको जानकारी दिएका छन् ।

    उनले आइतबार बिहान समाजिक सञ्जालमार्फत जानकारी दिँदै आफूले साना डिजिटल कारोबार गर्दा नि:शुल्क गर्ने विषयमा सम्बन्धित अधिकारीसँग छलफल गरीरहेको जानकारी दिएका हुन् ।

    ‘साना डिजिटल कारोबार गर्दा नि:शुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दै छु । तपाईंहरुका समस्या सरकारलाई यसरी नै जानकारी गराउनु होला ।’ उनले भनेका छन् ।

    आजभोलि डिजिटल माध्यमबाट रकम ट्रान्सफर गर्न जनताहरु अभ्यस्त भैरहेको  बताउँदै मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे आफू जानकार रहेको बताएका हुन् ।

    ‘हिजोआज फेसबुकको इन्बक्समा मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरुबाट सुझावहरु आइरहेका छन् ।’ उनले भनेका छन्- ‘आजभोलि हामी धेरैजसो डिजिटल माध्यमबाट रकम ट्रान्सफर गर्ने गरेका छौं । इन्टरनेटको सहजताले होला, सानोसानो कारोबारमा पनि हामी क्यासलेस गर्न अभ्यस्त छौं ।’

    यस्तो छ ओलीको स्टाटस : 

    शुभ बिहानी !
    हिजोआज फेसबुकको इन्बक्समा मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरुबाट सुझावहरु आइरहेका छन् । आजभोलि हामी धेरैजसो डिजिटल माध्यमबाट रकम ट्रान्सफर गर्ने गरेका छौं । इन्टरनेटको सहजताले होला, सानोसानो कारोबारमा पनि हामी क्यासलेस गर्न अभ्यस्त छौं । जाजरकोटका अबिन बिके लेख्नुहुन्छ– ‘अहिले म दैनिक रुपमा सय/पचास रुपैयाँका कारोबार दिनमा ५/६ पटक गर्छु र त्यहाँ हरेक पटक लाग्ने ११ रुपैयाँ ३० पैसा चार्जले मेरो दैनिक रुपमा ६०/७० रुपैयाँ खर्च हुन्छ । यसरी महिनामा मेरो दुई हजार देखि २२ सय सम्म खर्च हुन्छ, यो कसरी हटाउने होला !’
    साना डिजिटल कारोबार गर्दा निशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दै छु । तपाईंहरुका समस्या सरकारलाई यसरी नै जानकारी गराउनु होला । हामीलाई सधैं झकझक्याउनुहोस् । सरकारले त्यसतर्फ काम गर्दै जाने छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend