logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • संसद खुलाउन सभामुखले प्रमुख दलसँग छलफल गर्दै

    संसद खुलाउन सभामुखले प्रमुख दलसँग छलफल गर्दै

    1K
    Shares
    संसद खुलाउन सभामुखले प्रमुख दलसँग छलफल गर्दै

    काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख दलहरूको बैठक बोलाएका छन् ।

    प्रतिनिधि सभामा भएको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले दलहरूसँग छलफल गर्न लागेका हुन् ।

    सिंहदरबारमा ११ बजे बस्ने बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकरसचेतकलाई बोलाइएको छ ।

    एमाले सांसद योगेश भट्टराईले संसदमा माओवादी सशस्त्र युद्धलाई ‘हिंसा’ भनेपछि माओवादीले आपत्ति जनाउँदै संसद अवरुद्ध गरेको थियो ।

    माओवादीले संसदको रेकर्डबाट उक्त शब्द नहटाएसम्म संसद अवरोध गर्ने चेतावनी दिएपछि सभामुखले राष्ट्रिय दलहरूको बैठक बोलाएका हुन् ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend