पोखरा । पारा ओलम्पिक २०२४ मा कांस्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई गण्डकी प्रदेश सरकारले मासिक भत्ता दिने भएको छ ।
पलेशालाई आइतबार आयोजित सम्मान कार्यक्रममा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ऐतिहासिक पदक जिताएकी पलेशालाई मासिक भत्ता दिने घोषणा गरेका हुन् ।
प्रदेश सरकारले यसअघि ओलम्पिक खेलेको गण्डकीका ९ खेलाडीलाई मासिक भत्ता स्वरूप ५ हजार दिँदै आएको छ । सोही समूहमा पलेशालाई समावेश गरिएको मुख्यमन्त्री पाण्डेले बताए ।
पलेशा गोवर्द्धन नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल भएकी थिइन् ।