सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

सुनको मूल्य हालसम्मकै उच्च, किन महँगियो पहेलो धातु ?

सुनको मूल्य हालसम्मकै उच्च, किन महँगियो पहेलो धातु ?

काठमाडौँ । नेपाली बजारमा आज आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै आएको छ ।

शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्दै सुनको मूल्यले आइतबार शुक्रबारको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

अमेरिकाकाको केन्द्रीय बैंक फेडरल रिजर्भ बैंकले ब्याजदर घटाउने चर्चाले अन्तर्राष्ट्रिय बजारमा सुन महँगिएपछि त्यसको असर नेपाली बजारमा परेको हो ।

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ आउँदो सेप्टेम्बरमा ब्याजदर २५ देखि ५० विन्दुसम्म घट्ने लगानीकर्ताका आँकलनका कारण सुनमा लगानी बढाउँदा नयाँ रेकर्ड कायम भएको महासंघले जनाएको छ ।

विश्व बजारमा डलरको भाउमा उतारचढाव आइरहेको छ । फेडरल रिजर्भले ब्याजदर ५.२५ देखि ५.५० प्रतिशत कायम गरेको छ ।

यस्तै आगामी नोभेम्बरमा हुन लागेको अमेरिकी राष्ट्रपति निर्वाचमा डोनाल्ड ट्रम्पले डलरलाई विश्वकै सञ्चिती मुद्राको रुपमा राख्ने घोषणापत्रमा उल्लेख गरेका छन् । आगामी सन् २०२७ मा सुनको भाउ बढेर प्रति औंस ३ हजार डलर पुग्ने प्रक्षेपण गरिएको छ ।

चाँदीको मूल्य आइतबार तोलामा ४० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १८६० रुपैयाँ रहेको चाँदी आज १९०० कायम भएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend