काठमाडौँ ओली पक्षले अनिश्चितकालका लागि स्थगित भएको भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ।प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो।
बैठक सुरु गर्नुअघि दाहाल ओलीलाई भेटेर फर्केका थिए। ओलीलाई भेट्न प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल पनि दाहालसँगै गएका थिए।तर ओली संग कोसहमतिमा बैठक सुरु भएको हो वा होईन अझै खुलेको छैन ।
नेकपामा बिबाद चर्किदै जाँदा पार्टी फुटको संघारमा उभिएको हो कि भन्ने चिन्ता नेकपाका नेता कार्यकर्ताले देखाएका छन्
ओली सरकारमा मन्त्री समेत रहेका योगेश भट्टराईले पार्टीमा देखिएको अन्तरविरोधप्रति चित्रित गर्दै सामाजिक संजाल ट्वीटर मा लेखेका छन्”दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔ । सल्लाहा गरौ ”
दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔ । सल्लाहा गरौ ।