
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यो वर्ष नेपाल प्रिमियर लिग गर्ने भएको छ । क्यानले गर्ने नेपाल प्रिमीयर लिग (एनपीएल) का लागि मार्की खेलाडीको नामसमेत टुंगो लागिसकेको छ ।
शनिबार गरिएको ‘लक्की ड्र’ बाट लुम्बिनीले मार्की (मुख्य) खेलाडीका रूपमा नेपाली राष्ट्रीय टीमका कप्तान रोहित पौडेललाई पाएको छ ।
लुम्बिनीमै जन्मिएका रोहीत अब एनपीएलमा टीम लुम्बिनीबाटै तीन बर्षसम्म खेल्नेछन् । फरच्युना हेल्थ केयर मुख्य प्रायोजक रहेको टीम लुम्बिनी सबैभन्दा बलियो टीम बन्ने आकलन गरीएको छ ।
फरच्युना हेल्थ केयर प्रालिका प्रबन्ध संचालक तथा जिसी ग्रुपका अध्यक्ष इश्वर जिसीले नेपाली राष्ट्रीय टीमका कप्तान तथा कुशल खेलाडी रोहित पौडेलको नेतृत्वमा यो बर्षको एनपीएल ट्रफी उचाल्ने टीम लुम्बिनीको चाहना रहेको बताए ।
उनले त्यसका लागि कोच, सम्पूर्ण राष्ट्रिय–अन्तरराष्ट्रिय खेलाडीहरु र सम्पूर्ण टिमलाई क्लबले गर्नुपर्ने सबै प्रकारका सम्योजन, सहयोग र तालीमहरु दिने बताए ।
एनपीएल प्रतियोगिता मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुनेछ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend