logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सत्तारुढ दलहरुले उपसभामुख रानामाथि खनिनुपर्ने कुनै कारण छैन : गंगाकुमारी बेलवासे

    सत्तारुढ दलहरुले उपसभामुख रानामाथि खनिनुपर्ने कुनै कारण छैन : गंगाकुमारी बेलवासे

    1.5K
    Shares
    सत्तारुढ दलहरुले उपसभामुख रानामाथि खनिनुपर्ने कुनै कारण छैन : गंगाकुमारी बेलवासे

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) की राष्ट्रिय सभाका सदस्य गंगाकुमारी बेलवासेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने खोज्ने प्रयास उचित नभएको बताएकी छन् ।

    उपसभामुख रानाले आफूले केही गल्ती गरेको स्वीकार गरेपछि पनि सत्तारुढ कांग्रेस र एमालेले सो विषयलाई उचालेर जबरजस्त उनीमाथि कारबाही गर्न खोज्नु आफूहरुका लागि मान्य नहुने उनको जिकिर थियो ।

    आईतबार राष्ट्रिय सभा बैठकको शुन्य समयमा सांसद बेलवासेले उपसभामुख रानाबाट भएको पत्राचारमा त्रुटी भएपनि त्यस अनुसारको काम नभएको पनि बताइन् ।

    उनले भनिन्, ‘उपसभामुखले मैली केही त्रुटीवस गल्ती गर्न पुगे भनेर गल्ती स्वीकास गरिसक्नु भएको छ । मान्छेहरु गएका पनि होइनन् । मैले त्यो भन्दा बाहेक अरु गल्ती गरेको छैन । त्यसमा मलाई चित्त बुझेको छैन । त्यस्ता खालको विषय जब्बरजस्ती फेरि उठाउनु उचित होइन ।’

    सांसद बेलवासेले सत्तारुढ दलहरुले उपसभामुख रानामाथि खनिनुपर्ने कुनै कारण नरहेको पनि बताइन् ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend