logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नेपालमा बनेको ‘रोयल इन्फिल्ड’ मोटरसाइकल बिक्यो १० हजार युनिट

    नेपालमा बनेको ‘रोयल इन्फिल्ड’ मोटरसाइकल बिक्यो १० हजार युनिट

    8.8K
    Shares
    नेपालमा बनेको ‘रोयल इन्फिल्ड’ मोटरसाइकल बिक्यो १० हजार युनिट

    काठमाडौं । त्रिवेणी ग्रुपले नेपालमा बनाएको रोयल इन्फिल्ड मोटर साइकलको व्यापारमा उछाल आएको छ । २०२४ मा ग्रुपको स्वामित्वमा रहेको टिजी अटो ग्रुप प्रालिको रोयल इन्फिल्ड मोटर साइकल व्यापार बढेको छ ।

    एक वर्षमा २ अर्ब ९२ करोड १० लाख रुपैयाँ बराबरको रोयल इन्फिल्ड मोटर साइकल व्यापार गरेको हो । कम्पनीले सुरुको दुई महिनामा मात्र १८ करोड ९० लाख रुपैयाँको मात्र मोटर साइकल व्यापार गरेको थियो । एक वर्षको अवधिमा कम्पनीको रोयल इन्फिल्ड मोटर साइकलको व्यापार २ अर्ब ७३ करोड २० लाख रुपैयाँ बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।

    सञ्चालनमा आएको एक वर्षमा कम्पनीले रोयल इन्फिल्डको बिक्रीमा नयाँ रेकर्ड राखेको जनाएको छ । एक वर्षमा कम्पनीले १० हजार युनिट मोटर साइकल बेचेको छ । यसअघि ६ हजार युनिट मात्र बिक्री भएको रेकर्ड थियो । कूल बिक्रीको आधा हिस्सा राजधानी काठमाडौंमा छ ।

    नेपालमा एसेम्बल हुन थालेपछि मूल्य सस्तो हुन गई पछिल्लो समयमा रोयल इन्फिल्डको व्यापार बढेको देखिएको छ । कम्पनीले पूर्ण रुपमा नेपालमै निर्मित मोटर साइकल बेचिरहेको छ । सरकारले कम्पनीलाई ५० प्रतिशत अन्तःशुल्क र २५ प्रतिशत भन्सार छुट दिएपछि यसको सकरात्मक प्रभाव बजारमा परेको हो ।

    मुलुकमा गाडीको एसेम्बल प्लान्ट राख्न सरकारले अन्तशुल्क र भन्सारमा सहुलियत दिएको छ । २०८० वैशाखदेखि त्रिवेणी ग्रुपले नेपालमै रोयल इन्फिल्ड मोटरसाइकल उत्पादन थालेको हो । ग्रुपको टिजी अटोले नेपालमा रोयल इन्फिल्डको ‘एसेम्बल प्लान्ट’ सञ्चालन गरेको छ ।

    कम्पनीले ७० करोड रुपैयाँ ऋण रहेको छ । ऋण कम हुँदै गएपछि एक वर्षमा ११ करोड ८० लाख रुपैयाँ खुदनाफा गरेको कम्पनीले जनाएको छ । कम्पनीले साढे ३ सय सिसीका विभिन्न ब्राण्डका रोयल इन्फिल्ड मोटर साइकल उत्पादन तथा बिक्री वितरण गरिरहेको छ ।

    कम्पनीले नक डाउन कम्पोनेन्टहरूबाट पूर्णरूपमा एसेम्बल गरिएका मोटरसाइकल उत्पादन गरिरहेको छ । इकाइहरू आइसर मोटर्स इन्डियाबाट आपूर्ति गरेर प्लान्टमा एसेम्बल गरिएको छ । भारतीय कम्पनीले २ सय ५० सिसीदेखि ७ सय ५० सिसीसम्मका मिडिलवेट मोटरसाइकल ४० भन्दा बढी देशमा उपलब्ध गराइरहेको छ ।

    रोयल इन्फिल्डले नेपालका साथै बंगलादेशमा एसेम्बल प्लान्ट स्थापना गरिसकेको छ । रोयल इन्फिल्ड मोटरसाइकलको बजार हिस्सा बढ्दै गएपछि कम्पनीले नेपाल र बंगलादेशमा एसेम्बल प्लान्ट राखेको हो ।

    त्रिवेणीले टिजी अटो स्थापना सन् २०२२ मेमा गरेको थियो हो । मधेश प्रदेशको बारामा रहेको प्लान्ट १ लाख वर्गफिट क्षेत्रफलमा फैलिएको छ । कम्पनीको मोटर साइकल उत्पादन क्षमता वार्षिक २० हजार युनिट रहेको छ । कम्पनीसँग अत्याधुनिक एसेम्बल प्लान्ट छ ।

    व्यवसायिक प्रतिष्ठान ग्रुपको उत्पादन तथा प्रशोधन, व्यापार, जलविद्युत, बैंक तथा बिमा क्षेत्रमा लगानी रहेको छ । टिजी अटोका अध्यक्ष वीरेन्द्रकुमार संघइ रहेका छन् । उनी एनआइसी एसिया बैंक, सूर्या लाइफ इन्स्योरेन्सका सञ्चालकका साथै अन्नपूर्णा भेजिटेवलका प्रवन्ध सञ्चालक पनि हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend