logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • न्यायपालिकाप्रतिको अपेक्षा पूरा गर्न न्यायालय प्रयासरत छ : प्रधानन्यायाधीश श्रेष्ठ

    न्यायपालिकाप्रतिको अपेक्षा पूरा गर्न न्यायालय प्रयासरत छ : प्रधानन्यायाधीश श्रेष्ठ

    420
    Shares
    न्यायपालिकाप्रतिको अपेक्षा पूरा गर्न न्यायालय प्रयासरत छ : प्रधानन्यायाधीश श्रेष्ठ

    किमाथाङ्का (सङ्खुवासभा) । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायलयले आम नागरिकको न्यायपालिकाप्रतिको अपेक्षा पूरा गर्न प्रयास गरिरहेको बताएका छन् । सङ्खुवासभाको चैनपुरमा आज जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले विधिको शासनलाई व्यवहारमा रुपान्तरण गर्नुपर्नेमा जोड दिए ।

    नेपालको संविधानले परिकल्पना गरेको स्वतन्त्र र निष्पक्ष न्यायालयको अवधारणाअनुसार अघि बढ्नुपर्ने उल्लेख गर्दै प्रधानन्यायाधीश श्रेष्ठले समयमै न्याय प्रदान गर्नतर्फ ध्यान दिन आग्रह गरे । न्यायमा सबैको पहुँच सुनिश्चित गर्न कानुनी एवं संस्थागत संयन्त्र बनाएर काम भइरहेको उनको भनाइ थियो । संविधानले प्रत्याभूत गरेका आधारभूत अधिकारलाई हनन् हुन नदिने प्रधानन्यायाधीश श्रेष्ठले उल्लेख गरे ।

    नवनिर्मित जिल्ला अदालतको भवनमा २७ कोठा रहेका छन् । उक्त भवन निर्माण गर्न २०७१ जेठमा सम्झौता भएको थियो । चार करोड ६१ लाख रुपैयाँको लागतमा सो भवन निर्माण गरिएको जिल्ला न्यायाधीश ध्रवराज त्रिपाठीले जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend