logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • सुदूरपश्चिममा बाढीपहिरोको क्षतिबारे स्थलगत अनुगमन गरी पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग

    सुदूरपश्चिममा बाढीपहिरोको क्षतिबारे स्थलगत अनुगमन गरी पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग

    231
    Shares
    सुदूरपश्चिममा बाढीपहिरोको क्षतिबारे स्थलगत अनुगमन गरी पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग

    काठमाडौं । नेकपा एमालेका सांसद तारा लामा तामाङले सुदूरपश्चिम प्रदेशमा बाढीपहिरोले पुर्याएको क्षतिको स्थलगत अनुगमन गर्न सरकारसँग माग गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले यस्तो बताएका हुन् ।

    उनले भदौ २७ देखि २९ गतेसम्म वर्षाका कारण कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुरामा ८ जनाको ज्यान गएको बताए । सांसद तामाङले सरकारसँग मृतकका परिवार र बाढीपहिरो पीडितलाई उचित क्षतिपूर्तिको माग गरे ।

    उनले कञ्चनपुरमा दोदा, चौधर र महाकाली नदीको बाढीले हजारौँ विघा धानखेती बगरमा परीणत भएको बताए । साथै, धनगढीदेखि पुनर्वास, बेलौरी जोड्ने सडक स्थलमार्गको कनेक्सन बर्षाको बेला टुट्ने गरेको उनले बताए ।

    उनले भने, ‘महाकाली नदीले तटबन्ध भत्काएको छ, हजारौँ विघाको धान बगरमा परीणत भएको छ, आरक्षपीडित दोहोरो मारमा पर्नुभएको छ । विभागीय मन्त्रीज्यूलाई स्थलगत अनुगमनका लागि अनुरोध गर्दछु । बाढीपहिरो पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था होस् ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend