logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • दलभन्दा माथि उठेर सहकारीका दोषीलाई सजाय दिलाउन सिफारिस गरिएको छ : सूर्य थापा

    दलभन्दा माथि उठेर सहकारीका दोषीलाई सजाय दिलाउन सिफारिस गरिएको छ : सूर्य थापा

    7.2K
    Shares
    दलभन्दा माथि उठेर सहकारीका दोषीलाई सजाय दिलाउन सिफारिस गरिएको छ : सूर्य थापा

    काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले पार्टीभन्दा माथि उठेर सहकारी छानबिन गरी प्रतिवेदन बुझाउन लागिएको बताएका छन् । सोमबार समितिको ६६ औं बैठक सम्पन्न गरी सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति थापाले दलभन्दा माथि उठेर छानबिनमा दोषी पाइएकाहरुलाई कारबाहीको सिफारिस गरिएको बताएका हुन् ।

    उनले समितिमा सबै राजनीतिक दलहरुबाट प्रतिनिधित्व भएको तर पनि सहकारीका वर्तमान समस्यालाई पहिलो प्राथमिकता राखेर प्रतिवेदन सर्वसहमतिले पास गरेको दाबी गरे । उनले समितिले साढे तीन महिना अध्ययन र छलफलपछि तयार पारेको प्रतिवेदनमा सबैले हस्ताक्षर गरेर प्रतिनिधि सभामा पेश गर्न लागेको बताए ।

    उनले ६६ वटा बैठक र गहन अध्ययन गरेर तथ्य केलाएर प्रतिवेदन तयार पारिएको पनि उल्लेख गरे । उनले समितिको प्रतिवेदनले दोषीलाई अपराधको भागी बनाउन सिफारिस गरिएको पनि उल्लेख गरे ।

    उनले भने, ‘सहकारी ठगीबारे छानबिन गर्न गठित सहकारी सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन पारित गरेका छौं । आज नै प्रतिनिधि सभामा प्रश्तुत गर्ने कार्यसूचि छ । सहकारीको रकम दुरुपयोग,अपचलन ठगीका सम्बन्धमा लामो समय लगाएर प्रतिवेदन तयार बनाएका छौँ । यसले सिङ्गो सहकारी क्षेत्रलाई आजको संकटबाट पुनःउत्थान गर्ने र अपचलन गरेकाहरुलाई जवाफदेही बनाउने, संवैधानिक व्यवस्था,जनताको हित, समाजवाद निर्माण गर्ने संकल्प र तीन खम्बे अर्थनीतिको पिल्लरका रुपमा र वर्तमान सहकारीमा देखिएका समस्या हल गर्नका निम्ति मार्गदर्शन गर्ने छ ।

    सात सदस्य समितिमा विभिन्न पार्टीका प्रतिनिधि थियौं । तर सहकारी समस्यालाई समितिले कुनै पार्टी भन्दा माथि उठेर विकराल राष्ट्रिय समस्याका रुपमा लिएका छौं । त्यसरुपमा गम्भिरतापूर्णक आत्मसाथ गरेका छौं । समितिले दिएको प्रतिवेदन दोषीलाई कारबाहीको भागिदार बनाउन सिफारिस गरेका छौं ।’

    समितिको प्रतिवेदनमा सबै सदस्यहरुले हस्ताक्षर गरेका छन् । केही समय भाषाका विषयमा कुरा नमिल्दा प्रतिवेदनमा हस्ताक्षर हुन सकेको थिएन । तर सबैको सहमति अनुसार हस्ताक्षर गरेका हुन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend