logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • रवि लामिछानेले सहकारी ठगीको आरोपमा क्लिन चिट पाउनुभएको छ : उपसभापति वाग्ले

    रवि लामिछानेले सहकारी ठगीको आरोपमा क्लिन चिट पाउनुभएको छ : उपसभापति वाग्ले

    1.6K
    Shares
    रवि लामिछानेले सहकारी ठगीको आरोपमा क्लिन चिट पाउनुभएको छ : उपसभापति वाग्ले

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेले सहकारी ठगीको आरोपमा क्लिन चिट पाएको बताएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति वाग्लेले सहकारी ठगिको आरोपमा लामिछानेले क्लिन चिट पाएको बताएका हुन् ।

    उनले अहिले सहकारीको वास्तविक ठगहरुको प्रकरण भने उजागर भएको बताए । उनले लामिछानेलाई आरोप लगाएर रास्वपालाई क्षति गर्ने मनशायसाथ संसदीय छानविन समितिको माग गरिएको भन्दै सो आरोप खारेज भएको बताए । उनले छानविन समितिले देशलाई भलो कुने काम गरेको बताए ।

    उनले भने – ‘सहकारीको रकम व्यक्तिगत खातामा, कम्पनीमा ल्याउन रवि लामिछानेको भुमिका छन भनेर ठग जस्तो अप्रिय आरोप लगाएर राजनीतिक क्षेप्यास्त्र नै छेडेर रास्वपालाई क्षति गर्न सकिन्छ कि भन्ने मख्सदले संसदीय समितिको माग गरिएको थियो पहिला । त्यो पूर्ण रुपमा खारेज भएको छ ।

    रकम आइसकेपछि गोर्खा मिडियामा एउटा अधिकारीको हिसाबले जिम्मेवारी कति बहन गर्ने, दायित्व कति हुन्छ भन्ने कुराको कानुनी निक्र्यौल गर्दै सामान्य अनुसन्धान लगायतका काम, कारबाही गर्नको लागि नेपाल सरकारलाई सिफारिस गरेको छ । रवि लामिछानेजीले आज क्लिन चिट पाउनुभएको छ ।

    जुन मुल आरोपबाट । अरु ठगहरु, वास्तविक ठगहरु, ठुला पार्टीमा ठुलै पद ओगटेर बसेका वास्तविक ठगहरु पनि यो बाट उजागर भएको छ । शुरुमा राजनीतिक क्षेप्यास्त्रको रुपमा यसलाई दुरुपयोग गर्न खोजिएपनि अन्तत्वोगत्वा संसदीय समितिले देशको भलो हुने काम नै गरेको छ ।’

    उपसभापति वाग्लेले वास्तविक सहकारी पीडितहरुको मुद्दा आफूहरुले निरन्तर अगाडी लाने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend