logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • आएसएमटी कलेजद्वारा ‘आइएसएमटी जब फेयर’ सम्पन्न

    आएसएमटी कलेजद्वारा ‘आइएसएमटी जब फेयर’ सम्पन्न

    252
    Shares
    आएसएमटी कलेजद्वारा ‘आइएसएमटी जब फेयर’ सम्पन्न

    काठमाडौं । आएसएमटी कलेजको ‘आइएसएमटी जब फेयर’ सम्पन्न भएको छ । आएसएमटी कलेजले आयोजना गरेको जब फेयर काठमाडौंको तिनकुने गैरीगाउँस्थित कलेजको प्राङ्गणमा नेपालका प्रमुख कम्पनी र आइएसएमटी कलेजका विद्यार्थीहरूको सहभागितामा शुक्रबार सम्पन्न भएको हो ।

    उक्त जब फेयरमा लिपफ्रोग टेक्नोलोजी नेपाल, होटल याक एण्ड यति, काठमाडौँ मेरियट होटल, निओ हस्पिटालिटी, सजिलो सेवा, Four Symmentrons, Fusemachines, Genese Solution, Uranus Company, नेपाल होलिडे ग्रुप, अलाइन्स रेस्टुरेन्ट , NCLOUD PVT. LTD. Bajra. Technologies PVT LTD, डिस मिडिया नेटवर्क (डिस होम), आकाश टेक, चौधरी ग्रुप, कम्युनिकेट टेक्नोलोजी, वर्ल्ड लिंक कम्युनिकेसन लगायत १९ वटा प्रमुख कम्पनीहरूले आफ्नो स्टल राखेका थिए ।

    २ सय विद्यार्थीहरू उक्त जब फेयरमा अन्तर्वार्तामा सहभागी भएका थिए । आइएसएमटी कलेजले विद्यार्थीहरूलाई डिग्री मात्र उपलब्ध गराउने नभई दक्ष, सबल र सक्षम बनाउने उद्देश्यका साथ जब फेयरको आयोजना गर्दै आएको छ ।

    बिजनेस डेभलपमेन्ट हेड बासुदेव वस्तीका अनुसार आइएसएमटी कलेजले वर्षमा कम्तिमा २ वटा यस किसिमको जब फेयर आयोजन गर्दै आएको छ ।

    उनले भने, “यस किसिमको कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो क्यारियर स्टार्ट गर्न कम्पनी कम्पनी धाउन नपरोस र एउटै स्थानमा विभिन्न कम्पनीको जानकारी पाउनुका साथै आफुले रोजेको कम्पनीमा जागिर पाउन सकुन् भन्ने अभिप्रायले यस किसिमको कार्यक्रम आयोजना गरिएको हो ।”

    बेलायतको युनिभर्सिटी अफ सुन्दरल्याण्डबाट सम्बन्धन प्राप्त यस आइएमसएमटी कलेजले बिबिए, बिएचएम, बिएससी (होन्स), साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक र एमबिए कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    आइएसएमटी ग्रुपअन्तर्गत युनिभसिर्ट अफ सुन्दरल्याण्ड युकेकै सम्बन्धनमा नेपालका प्रमुख शहरहरू चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि कलेजहरू सञ्चालनमा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend