सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

एक वर्षमा रास्वपाको आम्दानी ३ करोड, खर्च कति ?

एक वर्षमा रास्वपाको आम्दानी ३ करोड, खर्च कति ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक वर्षमा ३ करोड ४० लाख ३१ हजार ६३४ रुपैयाँ आम्दानी गरेको छ ।

पार्टीको मंगलबारदेखि राजधानीमा सुरु भएको राष्ट्रिय भेलामा कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन अनुसार रास्वपाले सदस्यता शुल्क, चन्दा तथा सहयोग, प्रकाशन बिक्री, ब्याज आय र अन्य गरी आर्थिक वर्ष २०८०/०८१ मा ३ करोड ४० लाख ३१ हजार ६३४ रुपैयाँ आम्दानी गरेको हो ।

आर्थिक प्रतिवेदन अनुसार सदस्यता शुल्कबाट १ करोड ५१ लाख ५४ हजार ५०२ रुपैयाँ, चन्दाबाट १ करोड ११ लाख ३४ हजार ९०९, लेभीबाट ७७ लाख १८ हजार ३३३, ब्याज आयबाट १६ हजार १८९ र अन्य शीर्षकबाट ७ हजार ७०० रुपैयाँ आम्दानी भएको छ ।

रास्वपाले एक वर्षमा पार्टी सञ्चालन गर्ने क्रममा ५ करोड ६४ लाख ८१ हजार ७२३ रुपैयाँ खर्च गरेको छ ।

जसअनुसार आर्थिक वर्ष २०८०/०८१ मा कार्यालय सञ्चालन खर्च ३ करोड ४२ लाख ३९ हजार, पुँजीगत खर्च २ करोड ७५ लाख, निर्वाचन खर्च १४ लाख ९० हजार भन्दा बढी रहेको छ ।

त्यस्तै, कार्यालय खर्च चिया तथा खाजामा १६ लाख ७८ हजार ३९६ रुपैयाँ खर्च भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend