logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • विश्वकप लिग–२ मा नेपालले आज ओमानसँग खेल्ने

    विश्वकप लिग–२ मा नेपालले आज ओमानसँग खेल्ने

    1.6K
    Shares
    विश्वकप लिग–२ मा नेपालले आज ओमानसँग खेल्ने

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।

    खेल क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ ।

    सिरिजको पहिलो खेलमा क्यानडाविरुद्ध खराब प्रदर्शन गर्दै १०३ रनको हार बेहोरेको नेपाल आज पहिलो जित निकाल्ने योजनामा रहेको छ ।

    नेपाल पाँच खेलमा एक जीत र चार हारका साथ २ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । ओमान ४ खेलमा १ जीत र २ हारका साथ ३ अङ्कसहित छैटौँ स्थानमा छ ।

    यस्तै, क्यानडा ९ खेलमा पाँच जित र चार हारका साथ १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend