बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

तोलामा ३ सय घट्यो सुन, कतिमा हुँदैछ किनबेच ?

तोलामा ३ सय घट्यो सुन, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ५६ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन आज बुधबार ३०० रुपैयाँ घटेर १ लाख ५६ हजार ४०० रुपैयाँ कायम भएको हो ।

यस्तै छापावाल सुन प्रति १० ग्राम १ लाख ३४ हजार ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसैबीच चाँदीको मूल्य पनि सामान्य घटेको छ । मंगलबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर १ हजार ८९० रुपैयाँ कायम भएको हो ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend