logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • दरबारमार्गमा कन्सर्टको तयारी हुँदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त

    दरबारमार्गमा कन्सर्टको तयारी हुँदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त

    882
    Shares
    दरबारमार्गमा कन्सर्टको तयारी हुँदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त

    काठमाडौं । काठमाडौंको दरबारमार्ग क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ । सरकारले भोलि (असोज ३ गते) संविधान दिवस मनाउने भएकाले दरबारमा क्षेत्र पुरै ‘नो भेइकल जोन’ बनाएको छ । सोहि कारण आज बिहानैबाट राजधानीको दरबारमार्गमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो ।

    संविधान दिवसका दिन हुने कन्सर्टका लागि स्टेज निर्माण भइरहेकाले सवारी आवागमनमा रोक लगाइदा आवागमनमा समस्या भएको हो ।

    केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेट तर्फ जाने सवारी साधनहरुलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनहरुलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरुलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    सरकारले असोज ३ गतेको संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडीखेलमा आयोजना गर्ने र सोही दिन साँझ नारायणहिटी दरबार अगाडिको सडकमा सांगीतिक कार्यक्रम गर्ने निर्णय गरेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend