logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • छायाँनाथ रारा नगरपालिका साक्षर घोषणा

    छायाँनाथ रारा नगरपालिका साक्षर घोषणा

    357
    Shares
    छायाँनाथ रारा नगरपालिका साक्षर घोषणा

    सनत हमाल/मुगु । छायाँनाथ रारा नगरपालिका साक्षर घोषणा गरिएको छ। ‘ज्ञान, विज्ञान, सीप, उद्दम र मौलिकता साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने मुल नाराका साथ राष्ट्रिय शिक्षा दिवसको अवसरमा एक कार्यक्रम सहित नगरलाई जिल्लामा स्थानीय तहको तथा पहिलो नगरपालिकाको रुपमा घोषणा गरिएको हो।

    जिल्लाका चार स्थानीय तहमध्ये छायाँनाथ रारा नगरपालिका साक्षर घोषणा हुनेमा पहिलो भएको छ। नगरपालिकामा रहेको कुल जनसंख्यामध्ये ९६ प्रतिशत अक्षर लेख्न र चिन्न सक्ने भएपछि साक्षरता घोषणाका लागि सूचक पूरा भएको नगर प्रमुख बिष्णु कुमार भामले बताए।

    उनका अनुसार नगरपालिकाभर रहेको १५ देखि ६० वर्ष उमेर समुहको कुल जनसंख्याको ९६ प्रतिशतले नेपाल सरकारले निर्धारण गरेका १२ वटा सूचक मध्ये ६ वटा सूचक नगरपालिकाले पूरा गरेपछि औपचारिक घोषणा गरिएको हो।

    सरकारले साक्षरता घोषणाका लागि १२ वटा सूचक आधार बनाएको छ। निर्धारण गरिएका राष्ट्रभाषा वा मातृभाषा बोल्न जान्ने, वर्ण वा अक्षरको पढाई लेखाई गर्न सक्ने, मोबाईल वा क्याल्कुलेटर चलाउन सक्ने, अंक चिन्न सक्ने वा ९ सम्मको अंक लेख्न वा पढ्न सक्ने, हिसाब राख्न सक्ने, सामाजिक कार्यक्रममा आफ्नो विचार वा परिचय राख्न सक्ने सूचक मध्ये ६ वटा पूरा भए साक्षर घोषणा गर्न सकिने छ।

    साक्षर नगरपालिका घोषणा गर्दै नगर प्रमुख भामले प्रविधिसँग खेल्न सक्ने जनशति तयार गर्नु प्रमुख चुनौति रहेको बताए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend