बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

व्यवसायी दुर्गा प्रसाईँविरुद्ध पक्राउ पुर्जी जारी

व्यवसायी दुर्गा प्रसाईँविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । व्यवसायी प्रसाईंसहित तीन जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।

जिल्ला अदालत काठमाडौँबाट बुधबार प्रसाईंसहित बागलुङको बडीगाड गाउँपालिकाका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको हो ।

प्रसाईँले चरित्र हत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी परेको थियो । उनीहरुमाथि विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघन गरेको आरोपमा प्रहरीले पक्राउका लागि अदालतसँग अनुमति मागेको थियो । प्रहरीको मागअनुसार न्यायाधीश महेन्द्र काफ्लेको इजलासले पुर्जी जारी गरेको हो ।

प्रसाईं मेडिकल व्यवसायी हुन । उनले झापामा बिएनसी मेडिकल कलेज तथा अस्पताल सञ्चालन गरिरहेका छन् । यस्तै क्यान्सर अस्पताल पनि सञ्चालनको तयारीमा छन् ।

 

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend