मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

df]/ª,@* j}zfv -/f;;_M ;fd'bflos jg pkef]Stf dxf;‹ g]kfn sf]zL k|b]zsf] bf];|f] clwj]zgsf] laxLjf/ lj/f6gu/df cfof]lht pb3f6g ;df/f]xdf dGtJo JoSQ ug'{ x'Fb} d'VodGqL lxSdts'df/ sfsL{ . tl:a/ M dgf]h bfxfn÷/f;;

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो ।

प्रदेशसभाको ९३ सदस्यमध्ये ८३ जना बैठकमा उपस्थित थिए । विश्वासको मत प्रक्रियामा दुई प्रदेशसभा सदस्य तटस्थ रहेका र बाँकी अनुपस्थित रहेका सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएपछि कार्कीले दोस्रो पटक विश्वासको मत लिएका हुन् । माओवादीले गत भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । सत्ता गठबन्धन परिवर्तन भएपछि कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारमा कांग्रेस सहभागी भएको छ । कोशी प्रदेशसभामा नेकपा (एमाले)का ४०, कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, राप्रपाका छ, नेकपा (एकीकृत समाजवादी)का चार र जसपाका एक सदस्य छन् ।

गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend