logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • सहकारीको छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णय, होला त रविमाथि कारबाही ?

    सहकारीको छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णय, होला त रविमाथि कारबाही ?

    3.9K
    Shares
    सहकारीको छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णय, होला त रविमाथि कारबाही ?

    काठमाडौं । सरकारले सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ । मन्त्रिपरिषदले प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा पठाएको छ ।

    मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सहकारी प्रतिवेदन कार्यान्वयनका लागि निर्णय गरेको एक मन्त्रीले सुनौलो नेपाललाई बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले पठाएको प्रतिवेदन अगाडि बढाउन सिधै सम्बन्धित मन्त्रालयमा पठाउन निर्देशन दिएको ति मन्त्रीले बताए ।

    संयोजक सूर्यबहादुर थापाको नेतृत्वमा बनेको समितिले ९९ दिन लगाएर तयार पारेको प्रतिवेदन सोमबार संसदमा प्रतिवेदन बुझाएको थियो। । उक्त प्रतिवेदन कार्यान्वयन गर्न सभामुख देवराज घिमिरेल सरकारसमक्ष पठाउन निर्देशन दिएका थिए ।

    संसदीय विशेष समितिले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा र वीरगञ्जको सानो पाइला सहकारीबाट सहकारी कानुन विपरीत गोर्खा मिडिया नेटवर्कमा रकम प्रवाह भएको समितिले देखाएको छ । सहकारीको रकम गोर्खा मिडियामा अपचालन भएको निष्कर्षसहित अध्यक्ष जीबी राई, कुमार रम्तेलर, तत्कालिन प्रवन्ध निर्देशक रवी लामिछाने र छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

    संसदीय छानबिन विशेष समितिले पोखराको सूर्यदर्शन सहित ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा लगेर अपचलन भएको निष्कर्ष निकालेको छ ।

    यसैगरी सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्कको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि सरकारलाई सिफारिस गर्ने समितिले भनेको छ ।

    सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट आएको ६५ करोड रुपैयाँ रकमको सम्बन्धमा रवि लामिछाने पनि जिम्मेवार रहने ठहर गरेको छ।

    संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया नेटवर्कको सेयर खरिद बिक्रीमा कीर्ते गरेको देखाएको छ । समितिले नक्कली कागजात बनाएर भुक्तानी गरिएको प्रतिवेदन सार्वजनिक गरेको छ।

    कम्पनीको सेयर खरिद बिक्री गर्दा कानून बमोजिम पेश हुने भुक्तानी साधन र उपकरण कीर्ते कागजातका आधारमा बिक्री गरेको पाइएको समितिले औल्याएको छ । यस्तै समितिले भुक्तानी प्रक्रिया पूर्ण भएको यकिन गरी र सोबमोजिमको करसमेत तिर्ने सम्बन्धमा बाध्यकारी प्रबन्ध गर्न समितिले सरकारलाई सिफारिस गरेको छ ।

    समितिले स्वेट सेयर सम्बन्धी कानूनी प्रबन्धबारे अध्ययन गरी आवश्यक र उपयुक्त प्रबन्ध गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउन सरकारलाई समितिले सिफारिस गरेको छ ।

    गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रवि लामिछानेको नाममा रहेको ग्यालेक्सीको १५ प्रतिशत सेयर अध्यक्ष राईमा हस्तान्तरण हुँदा रविको खातामा १ करोड ८० लाख रूपैयाँ जम्मा गरिएको भौचर देखाएर सेयर हस्तान्तरण गरिएको थियो ।

    समितिले ६६ वटा बैठक बसेको थियो। सहकारीका बचत अपचलनबाट मर्कामा परेकाहरू, अपचलनमा संलग्नहरू, सरोकारवाला, विषय विज्ञसँग समेत समितिले छलफल गरेको थियो। प्रतिनिधि सभाको जेठ १५ गते बसेको बैठकले उक्त समिति गठन गरेको हो।

    यो पनि :

    भ्रष्टाचारबाट आर्जेको सम्पत्ति सहकारीमा राखेर उत्तानो टाङ पर्ने उच्चपदस्थ व्यक्ति धेरै छन्

    सहकारीको बचत रकम गोर्खा मिडियामा अपचलन, रविसहित चार जनालाई कारबाही गर्न सिफारिस

    गोर्खा मिडियाको सेयर खरिद बिक्रीमा कीर्ते गरिएको संसदीय समितिको ठहर

    दलभन्दा माथि उठेर सहकारीका दोषीलाई सजाय दिलाउन सिफारिस गरिएको छ : सूर्य थापा


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend