logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • देशभर यसरी मनाइयो संविधान दिवस (तस्बिरहरु)

    देशभर यसरी मनाइयो संविधान दिवस (तस्बिरहरु)

    623
    Shares
    देशभर यसरी मनाइयो संविधान दिवस (तस्बिरहरु)

    काठमाडौँ । काठमाडौँको टुँडिखेलसहित देशभरका विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइएको छ ।

    बिहीबार बिहान काठमाडौँको टुँडिखेलमा रहेको सैनिक मञ्चमा सरकारले विशेष समारोह गरी संविधान दिवस मनाएको छ । त्यसैगरी देशका विभिन्न ठाउँमा संविधना दिवसको अवसरमा प्रभातफेरि गरी मनाइएको छ ।

    टुँडिखेलको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

    समारोहमा नेपाली सेना र नेपाल प्रहरीले विभिन्न कलाकौशल प्रस्तुत गरेको थियो।

    तस्बिरमा हेर्नुहोस् संविधान दिवस : 

    संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा नेपाली सेनाको एक टुकुडीले प्रदान गरेको सलामी फर्काउँदै राष्ट्रपति रामचन्द्र पौडेल। 
    संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा उडाइएको नेपाली सेनाको हेलिकप्टर र नजिकैको धरहराको दृश्य । 
    संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा परेड प्रस्तुत गर्दै नेपाली सेना । 
    संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागी राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत । 
    संविधान दिवसको अवसरमा बिहीबार गुल्मीको सदरमुकाम तम्घासमा सरसफाइ कार्यक्रममा सहभागीहरु। 
    संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ को अवसरमा बिहीबार सर्लाही सदरमुकाम मलङ्गवामा निकालिएको प्रभातफेरीमा सहभागीहरु ।
    संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार निकालिएको प्रभातफेरीमा सहभागी प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललगायत । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा गण्डकी प्रदेश सरकारद्वारा निकालिएको प्रभातफेरीमा सहभागी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायत ।
    संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ को अवसरमा बिहीबार बाँकेको नेपालगञ्जमा निकालिएको प्रभातफेरीमा सहभागीहरु । 
    संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ को अवसरमा बिहीबार वीरेन्द्रनगरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कर्णाली प्रदेशले आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख यज्ञराज जोशी । 
    संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ को अवसरमा बिहीबार गण्डकी प्रदेश सरकारद्वारा आयोजित कार्यक्रम उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट।
    संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा लुम्बिनी प्रदेश सरकारद्वारा प्रदेश राजधानी देउखुरीमा बिहीबार निकालिएको प्रभातफेरीमा सहभागी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलगायत । 
    संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा सुदूरश्चिम प्रदेश मूल समारोह समितीले बिहीबार धनगढीमा आयोजना गरेको प्रभातफेरीमा सहभागी प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलगायत । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend