मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

फेडरल रिजर्भ ब्याजदर कटौतिको उल्टो असर, घट्यो सुनको मूल्य

फेडरल रिजर्भ ब्याजदर कटौतिको उल्टो असर, घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज बिहीबार सुन तोलामा ८ सयले रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १८८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर घटाएपछि यसको असर सुनमा पर्दा मूल्य घट्न थालेको महासंघले बताएको छ ।

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर घटाएको छ । फेडरल रिजर्भले ब्याजदर ०.५० प्रतिशत विन्दु घटाएको हो । फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ ।

यसअघि फेडर रिजर्भले सन्दर्भ ब्याजदर ५.२५ देखि ५.५० प्रतिशतसम्म कायम गरेको थियो । जसका कारण सुनको मूल्य दैनिक जसो बढेको थियो । अब ब्याजदर घटेसँगै सुनको मूल्यमा पनि असर पर्ने र मूल्यमा कमी आउने छ ।

हिजो अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २५ सय ७४ डलर रहेको थियो भने आज २५ सय ६१ डलरमा झरेको छ ।

याे पनि :

अमेरिकाको केन्द्रीय बैंकले घटायो ब्याजदर, विश्व अर्थतन्त्रमा कस्तो पर्ला असर ?

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend