काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले अराजक, अशिष्ट र अमर्यादितहरूको क्रिडास्थल समाज नचाहेको बताएका छन् ।
बिहीबार सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मुल समारोहलाई सम्बोधन गर्दै उनले पाका उमेरकाले तन्नेरीलाई स्नेह गर्ने, युवा वयस्कले ज्येष्ठ नागरिकहरूको सम्मान गर्ने नमूना समाज देशले चाहेको बताए ।
शान्त, सभ्य र सुसंस्कृत, सुखसहितको समृद्धिको समाज आफूहरुले चाहेको बताए । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, स्वस्थ प्रतिष्पर्धासहितको व्यवस्था भएको उल्लेख गर्दै बैलाई अधिकार, अवसरमा समान पहुँच, समानता, सामाजिक न्याय, सुरक्षा र मर्यादा सहितको लोकतन्त्र रहेको बताए ।
प्रधानमन्त्री ओलीले वर्तमान शासन व्यवस्थालाई बलियो बनाउनु र यसको पक्षमा उभिनु सबैको कर्तव्य र दायित्व भएको बताए ।