logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • बागमती प्रदेशमा एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई पुरस्कार

    बागमती प्रदेशमा एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई पुरस्कार

    364
    Shares
    बागमती प्रदेशमा एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई पुरस्कार

    मकवानपुर । संविधान दिवसको अवसरमा गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरिएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा आज हेटौँडामा आयोजित कार्यक्रममा काठमाडौँ उपत्यकाका १३ र चितवनका दुई गरी १५ जना विद्यार्थीलाई पुरस्कृत र प्रमाणपत्र प्रदान गरिएको हो ।

    बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मुख्यमन्त्री बहादुर सिं लामा र पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले संयुक्त रुपमा काठमाडौँ उपत्यका र चितवनका विद्यार्थीलाई उत्कृष्ट अङ्क ल्याएबापत नगद २०, १५ र १० हजार रुपैयाँसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।

    बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित विभिन्न खेलकुद प्रतियोगितामा विजयी हुने खेलाडीलाई प्रदेश प्रमुख देवकोटा र मुख्यमन्त्री लामाले शिल्ड, कप तथा प्रमाणपत्र हस्तान्तरण गरे ।

    संविधान दिवस मूल समारोह समितिद्वारा चारदिने कार्यक्रमअन्तर्गत आज र भोलि साँझ विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय एवं सर्वसाधारण नागरिकहरुले आ–आफ्नो घरमा दीपावली गरी मनाउन आह्वान गरिएको आन्तरिक मन्त्रालय तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend