logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • युद्धमा नयाँ प्रविधि प्रयोग : लेबननमा पेजरपछि वाकीटकी विस्फोटन हुँदा २० जनाको मृत्यु

    युद्धमा नयाँ प्रविधि प्रयोग : लेबननमा पेजरपछि वाकीटकी विस्फोटन हुँदा २० जनाको मृत्यु

    1.4K
    Shares
    युद्धमा नयाँ प्रविधि प्रयोग : लेबननमा पेजरपछि वाकीटकी विस्फोटन हुँदा २० जनाको मृत्यु

    बीबीसी । लेबननमा ताररहित सञ्चार उपकरणहरू विस्फोटनमा परेर २० भन्दा बढी मानिसहरू मारिएका छन् । सो घटनामा परेर ४ सय ५० जनाभन्दा बढी छन्। राजधानी बेइरुतको दक्षिणी भेगमा पर्ने क्षेत्रमा पर्ने उपनगरहरू बेका उपत्यका र दक्षिण लेबननमा सशस्त्र समूह हिज्बुल्लाहले प्रयोग गरेका वाकीटकीहरु एक्कासी पड्किएका थिए।

    हिज्बुल्लाहले इजरायलले हमला गरेको आरोप लगाएको छ। यस विषयमा इजरायलले प्रतिक्रिया जनाएको छैन। मंगलबार हिज्बुल्लाहका सदस्यहरूले एक आपससँग सञ्चार गर्न प्रयोग गर्ने हाते पेजरहरू विस्फोटन हुँदा दुई बालबालिकासहित १२ जनाको मृत्यु भएको थियो।

    लगातार दोस्रो दिन सञ्चार उपकरणमार्फत् भएका हमलापछि बोलेका अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहका जोन किर्बीले थप सैन्य कारबाहीबाट यस संकट सुल्झनेमा ह्वाइटहाउस विश्वस्त नरहेको जनाएका छन्।

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसलेले अवस्था “नाटकीय रूपमा चर्कने गम्भीर जोखिम”मा रहेको बताउँदै सबै पक्षलाई “अधिकतम संयम अपनाउन” आह्वान गरेका छन्।

    दोस्रो चरणका विस्फोटनयता एक १६ वर्षीय बालकसहित आफ्ना १३ जना लडाकुहरू मारिएको हिज्बुल्लाहले जनाएका छन् । इरानको साथ पाएको हिज्बुल्लाहलाई इजरायल र पश्चिमा मुलुकहरुले आतंकवादी मान्दै आएका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend