logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • दरबारमार्गमा जारी ‘नेशनल डे कन्सर्ट’मा बालेनका समर्थकमाथि कुटपिट

    दरबारमार्गमा जारी ‘नेशनल डे कन्सर्ट’मा बालेनका समर्थकमाथि कुटपिट

    8.6K
    Shares
    दरबारमार्गमा जारी ‘नेशनल डे कन्सर्ट’मा बालेनका समर्थकमाथि कुटपिट

    काठमाडौँ । संविधान दिवसको अवसरमा राजधानीको दरबारमार्गमा आयोजना भएको ‘नेशनल डे कन्सर्ट’मा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका समर्थकमाथि कुटपिट भएको छ । ‘नेशनल डे कन्सर्ट’मा सहभागी बालेनका समर्थकहरुलाई युवाहरुको अर्को समूहले कुटपिट गरेको हो ।

    बालेनको पक्षमा नारा लगाएपछि उनीहरुमाथि कुटपिट भएको हो ।

    दरबारमार्गमा बिहीबार अपराह्न ४ बजेदेखि ‘नेशनल डे कन्सर्ट’ सुरु भएको छ । उक्त कन्सर्टमा बालेनका समर्थकहरुले ‘बालेन १ बालेन १’ भनेर नारा लगाएका थिए ।

    कुटपिट गर्ने व्यक्तिहरूको पहिचान खुलेको छैन । उनीहरु त्यहाँबाट भागेको बताइएको छ ।

    सोही कन्सर्टलाई लक्षित गरेर राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend