logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • देशप्रति नकारात्मक टिप्पणी गर्ने होइन, अहिले एकतावद्ध हुने र आफैँप्रति विश्वस्त हुने समय हो : राष्ट्रपति पौडेल

    देशप्रति नकारात्मक टिप्पणी गर्ने होइन, अहिले एकतावद्ध हुने र आफैँप्रति विश्वस्त हुने समय हो : राष्ट्रपति पौडेल

    364
    Shares
    देशप्रति नकारात्मक टिप्पणी गर्ने होइन, अहिले एकतावद्ध हुने र आफैँप्रति विश्वस्त हुने समय हो : राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय नभएको बताएका छन् । बिहीबार शितल निवासमा आयोजित संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निराश बन्ने समय नभएको बताएका हुन् ।

    उनले अहिलेको समय एकतावद्ध हुने, आफैँप्रति विश्वस्त हुने समय भएको बताए । उनले आफैँभित्र आशाको दियो बाल्नुपर्ने बताए । उनले बेथिति र अनियमितताको अन्त्यमा विशेष जोड दिनुपर्ने पनि बताए । उनले बेथिति र अनियमितताले हाम्रो राज्यका प्रत्येक अंगहरुलाई विश्वासहिन बनाएको बताए । उनले भ्रष्टाचारमा शुन्य सहनशिलतालाई कडाईका साथ कार्यान्वयन गर्न संकल्प गर्नुपर्ने उल्लेख गरे ।

    उनले भने, ‘आज हामीले ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण विषय भएको छ, बेथिति र अनियमितताको अन्त्य । बेथिति र अनियमितताले हाम्रो राज्यका प्रत्येक अंगहरुलाई विश्वासहिन बनाउने चिन्ता सर्वत्र भइरहेको छ । यसबाट नागरिकको भरोसा नडग्मगाओस् भनेर अब पनि हामीले नसोच्ने हो भने कहिले सोच्ने त ? यो भरोसालाई पुनःस्थापित नगरी न त हामी संविधानका लक्ष्यहरु प्राप्त गर्नसक्छौँ, न त राजनीतिक परिवर्तनले परिणाम दिन्छ ।

    आजका दिनमा हामीले भ्रष्टाचारमा शुन्य सहनशिलतालाई कडाईका साथ कार्यान्वयन गर्न संकल्प गर्नुपर्छ भन्ने मलाई लाग्छ । अतः हामी उत्साह र उमंगमा संविधान दिवस मनाइरहँदा आफैँभित्र आशाको नयाँ दियो बालौँ । किनभने यो निराश बन्ने समय होइन । यो हामीबीच आरोप, प्रत्यारोप गर्ने समय होइन । यो देशप्रति नकारात्मक टिप्पणी गर्ने समय होइन । यो एकतावद्ध हुने समय हो । यो आफैँप्रति विश्वस्त हुने समय हो ।’

    राष्ट्रपति पौडेलले मुलुकको समृद्धिको यात्रामा अघि बढिरहँदा राज्यलाई अझै लोकतान्त्रिक र जनमुखी बनाउनुपर्ने बताए । राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न आवश्यक रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend