logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • रविको ठोकुवा : शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्छ

    रविको ठोकुवा : शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्छ

    1.3K
    Shares
    रविको ठोकुवा : शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्छ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्ने ठोकुवा गरेका छन् । बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको संविधान बारे छलफलमा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

    उनले वर्तमान संसदमा सरकार बनाउनको लागि एक वा दुई भन्दा बढी पार्टीहरु मिल्नुको विकल्प नभएको बताए । उनले अहिलेको सरकार दुई तिहाईको भनिए पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमा ढल्ने अवस्था रहेको बताए । उनले संविधानले व्यवस्था गरेको शासकीय स्वरुपमा नै अस्थिरता रहेको बताए ।

    सभापति लामिछानेले रास्वपाले शासकीय स्वरुपमा निर्वाचित प्रधानमन्त्री बनाएर विधायकी सांसद बनाउनुपर्ने बताएको उल्लेख गरे । उनले प्रत्यक्ष प्रधानमन्त्रीले विज्ञताका आधारमा मन्त्रीमण्डल बनाउन पाउने शासकीय स्वरुप बनाउनु अहिलेको अवश्यकता भएको उल्लेख गरे । उनले दुई तिहाईको सरकार भएको बेला जनताको आत्मबल बढ्नुपर्ने पनि त्यस्तो नदेखिएको बताए ।

    उनले दुई तिहाइको सरकारका प्रधानमन्त्री र मन्त्रीहरुमा आत्मविश्वास नदेखिएको बताए । उनले सरकारको आत्मबल नहुँदा टिसर्ट लगाएको,बोलेकको आधारमा समाउने काम गरेर बसेको बताए । उनले दुई तिहाईको सरकार उपसभामुखलाई हटाउने लगायतका चलखेलमा लाग्नु जाहेज नभएको बताए ।

    उनले भने, ‘सविधानमा साशकिय सुधारमा हामीले प्रत्यक्ष प्रधानमन्त्रीको विषयमा हामीले बतायौं । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ । प्रधानमन्त्रीले विज्ञताका आधारमा विषयविज्ञलाई मन्त्रीमण्डल राख्न पाउने भनेका छौं । हामीले सांसदहरु नीति निर्माता र विधायकीहरु मात्रै बन्न सकुन् । संसदमा अहिले शेरबहादुर देउवा रिसाइएको एक सेकेण्डपछि सरकार ढल्यो । अस्थिरता छ ।

    अहिले दुई तिहाईको सरकार सबैभन्दा अस्थिर छ । एउटा पार्टीले अर्को दलको नेतासँग समन्वय नगरी सरकार चलाउन सम्भव छैन । मैले कस्तो हेडलाइन बन्छ भनेर भनेको होइन । तर हो की होइन भन्नुस् त ? दुई तिहाईको सरकार भएको बेला जनताको आत्मवल बढ्नुपर्ने हो । प्रधानमन्त्रीमा त्यो आत्मविश्वास आउनुपर्ने थियो । मन्त्रीहरुमा पनि त्यो खालको आत्मविश्वास हुनुपर्ने थियोे । तर टिसर्ट लगाएको मान्छे समाएको छ । कराएरको मान्छे समाएको छ । त्यो चलखेल गर्ने उपसभामुखलाई हटाउने लगायतका काम गर्नुहुँदैन ।

    यो दुई तिहाईको सरकार त्यतातिर छ । कुनै प्राथमिकता छैन । तर भनिएको छ । संविधान संशोधन गर्छु । संविधान संशोधन गर्छु भन्ने नाममा आफ्नो राजनीतिक इन्टेष्टको सौतावाजी गर्न पाइँदैन । संविधानलाई सौदाबाजी गर्नु राम्रो भएन । सुन्दा सुन्दर सुनिन्छ । संविधान संशोधन गरेर केही गर्न खोज्यो तर त्यस्तो हुन गएको देखिएको छैन ।’

    उनले दुई तिहाईको सरकारको कुनै प्राथमिकता नभएको बताए । उनले वर्तमान सरकारले संविधान संशोधन गर्ने भन्ने नाममा आफ्नो राजनीतिक स्वार्थको सौदाबाजी गर्न खाजेको भन्दै संविधानलाई सौदाबाजी गर्नु राम्रो नभएको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend