logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • चार वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    चार वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    294
    Shares
    चार वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौँ । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ ।

    विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ । बैठकमा कार्यपरामर्श उपसमिति पुनर्गठन र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।

    त्यस्तै बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठकमा राष्ट्रिय निकुञ्जको अवलोकन सम्बन्धी छलफल हुनेछ ।

    दिउँसो १ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वका सम्बन्धमा नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend