मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

वामदेव गौतमले भने : ‘म ज्युँदो हुँदै कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्छु’

वामदेव गौतमले भने : ‘म ज्युँदो हुँदै कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्छु’

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्ने आफ्नो सङ्कल्प रहेको बताएका छन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा राष्ट्रिय सभा सदस्य गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकरण गरेर एउटै पार्टी बनाउने आफ्नो उद्देश्य रहेको भन्दै सोही अनुरुप काम गरिरहेको बताए । उनले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि आफु बाहेक अरुले भुमिका खेल्न नसक्ने जिकिर गरे ।

उनले अन्य कम्युनिस्ट पार्टीका नेताहरु एकआपसमा शत्रुवत व्यवहार गरिरहेका र आफ्नो सबैसँग मित्रवत सम्बन्ध रहेको भन्दै आफूले एकतावद्ध गर्नसक्ने दाबी गरे ।

उनले कम्युनिस्ट पार्टीहरु एकतावद्ध हुनुको विकल्प नभएको बताए ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend