काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन समितिको प्रतिवेदन बिहीबार वेबसाइटमा सार्वजनिक गरेको हो ।
समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएसँगै समितिले विभिन्न सहकारीमा रही फरार रहेका २९ जनाको नामसमेत सार्वजनिक गरेको छ ।
स्वर्णलक्ष्मी सहकारीका गितेन्द्रबाबु (जिबी) राई, सुमेरू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन, सरला महर्जन, निमित्तराज श्रेष्ठलगायत २९ जना फरार रहेको प्रतिवेदनमा उल्लेख छ ।
हेर्नुहोस् सूची :