logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • क्यानडा पठाइदिने भन्दै १८ लाख रुपैयाँ बढी ठगी गर्ने एक जना पक्राउ

    क्यानडा पठाइदिने भन्दै १८ लाख रुपैयाँ बढी ठगी गर्ने एक जना पक्राउ

    630
    Shares
    क्यानडा पठाइदिने भन्दै १८ लाख रुपैयाँ बढी ठगी गर्ने एक जना पक्राउ

    काठमाडौँ । वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै १८ लाख ५३ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा गोरखा आरुघाट गाउँपालिका–१० घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल बस्ने ३४ वर्षीय रामहरि भण्डारी रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

    उनले भने, “आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा लैजाने भन्दै दुई जना पीडितलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाइ सम्पर्कविहीन भएकोमा पीडितले दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।” निजलाई सुन्दरीजलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

    लागुऔषधि खैरो हेरोइनसहित तीन पक्राउ

    प्रहरीले अवैध लागुऔषध खैरो हेरोइनसहित चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट आज तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा सिराहा लाहान नगरपालिका–१७ बस्ने २२ वर्षीय शिवशङ्कर ठाकुर, २४ वर्षीय अर्जुनकुमार यादव तथा लाहान नगरपालिका–४ स्थित बस्ने वर्ष २८ को सञ्जिवकुमार यादव रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

    उनले भने, “प्रहरी प्रभाग नागढुङ्गा तथा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३७ ग्रामसहित आज बिहान पक्राउ गरेको हो ।”

    सप्तरीदेखि काठमाडौँतर्फ आउँदै गरेको बाप्र ०३–००१ ख २७२८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार निजहरुलाई अवैध लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend